नुवाकोटमा दुई छोरासहित आमा झुन्डिएको अवस्थामा मृत फेला

नुवाकोटमा दुई छोरासहित आमा झुन्डिएको अवस्थामा मृत फेला

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • नुवाकोटमा दुई छोरासहित आमा झुन्डिएको अवस्थामा मृत फेला

    काठमाडौं । नुवाकोटको पश्चिमी ग्रामीण भेग नुचेतमा आमासहित दुई नाबालक छोराहरू एकै स्थानमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

    किस्पाङ गाउँपालिका १ नुचेत, भाल्चेमा आइतवार रेशबहादुर घलेको घरभित्र कोठामा उनकी पत्नी र दुई छोराहरू झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका छन् ।  

    घरभित्र कोठामा आमा २४ वर्षीया चन्दीमाया तामाङ, ६ वर्षीय छोरा रोशन घले र अर्का छोरा ३ वर्षीय रोमन घले झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको नुवाकोट प्रहरीले जनाएकाे छ ।

    घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय विदुर नुवाकोटवाट प्रहरी नायव उपरीक्षक तीलक भारतीको एउटा टोली र फिकुरी प्रहरीचौकीबाट प्रहरी अधिकृतको छुट्टै टोली घटनास्थल पुगेको छ । स्थानीयवासीले प्रहरीलाई दिएको जानकारी अनुसार शनिवार  मृतक महिला र पति रेशवहादुर घलेबीच घरायसी विवाद भएको थियो । 

    गाउँमा बिहानको समयमा पति रेशबहादुर बारीमा केराउ टिप्न गएको समयमा घटना घटेको स्थानीयवासीले बताए । स्थानीयवासीका अनुसार मृतक महिलाले जेठानी प्रेममायालाई छुट्टै कोठाभित्र चुक्कुल लगाएर गएकी थिइन् ।

    अघिल्लो दिन मृतक र पतिबीच घरायसी विवाद हुँदा पति रेशवहादुरले पत्निलाई दुई थप्पड पनि हानेको सोधपुछबाट जानकारी आएको प्रहरीले जनाएकाे छ । घटनास्थलमा सर्वसाधारण, आफन्तको ठूलो भीड लागेको छ । 

    मृतक महिलाले कोठाभित्र आफू मर्न लागेको आफन्तलाई टेलिफोन गरेर भनेको र त्यसपछि आफन्तहरू दौडादौड गरेर उनको घर पुग्दा घटना घटिसकेको जानकारी आएको स्थानीयले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij