काठमाडौं । सुनको सिक्री लुटपाट गरेको आरोपमा काठमाडौंबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ४२ वर्षीय गोरे तामाङ र ३९ वर्षीय कृष्णप्रसाद श्रेष्ठ रहेका छन् । उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।
श्रेष्ठले मोटरसाइकल चलाउने र त्यसको पछाडि बसेर तामाङले सिक्री लुटेको प्रहरीले जनाएको छ । मंसिर २० गते दिउँसो १२ बजेतिर नागार्जुनको टौखलमा ७२ वर्षीया मैया बुढाथोकीको सिक्री उनीहरुले लुटेको आरोप छ ।
बुढाथोकीको गलामा लगाएको २ तोलाको सुनको सिक्री उनीहरुले थुतेर भागेका थिए । पक्राउ परेकाहरुविरुद्ध प्रहरी स्वयम्भूले अनुसन्धान अघि बढाएको छ ।