एमाले जग्गा विवाद : न्यायाधीश शर्मा र पाण्डेयको इजलासमा पेसी

एमाले जग्गा विवाद : न्यायाधीश शर्मा र पाण्डेयको इजलासमा पेसी

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • एमाले जग्गा विवाद : न्यायाधीश शर्मा र पाण्डेयको इजलासमा पेसी

    काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय जग्गा विवादको मुद्दा आज पनि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेको इजलासमा पेसी परेको छ । आज ध नम्वरमा पेसी रहेको छ ।

    यसअघि उक्त मुद्दा पटक–पटक पेसी तोकिने तर सुनुवाइ नहुने हुँदै आएको छ । व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । २०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन ।  

    अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।

    दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता गरेको थियो । दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो । 

    गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए । 

    सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए । यसअघि पनि पटक पटक पेसी तोकिने तर स्थगित हुँदै आएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij