बागमतीमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ११ जना अझै बेपत्ता

बागमतीमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ११ जना अझै बेपत्ता

सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • बागमतीमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ११ जना अझै बेपत्ता

    काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या बागमती प्रदेशका १० जिल्लामा ११६ पुगेको छ । प्रदेशका १० जिल्लामा मृत्यु हुनेमध्ये काभ्रेमा थप १२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । 

    यससँगै बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या हालसम्म ११६ पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । 

    काभ्रेमा हालसम्म बाढी पहिरोबाट मृत्यु भएकामध्ये ५० जनाको शव फेला पारेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । यस्तै, धादिङ जिल्लामा बाढीपहिरोबाट मृत्यु भएका ३९ जनाको शव फेला परेको छ । बाढीपहिरोमा परी सिन्धुपाल्चोकमा १०, मकवानपुरमा सात, दोलखामा ७, सिन्धुलीमा २र रामेछापमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । । 

    बाढीपहिरोजन्य विपद्बाट काभ्रेमा ९ र सिन्धुपाल्चोमा २ गरी ११ जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य तथा उद्धार गर्न प्रदेशभर ४ हजार ११९ प्रहरी परिचालन गरिएको थियो । प्रहरीले विभिन्न जिल्लाका २४७ परिवारका ३१७ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij