अस्थायी आवास निर्माणका लागि १० दिनभित्रै पहिलो किस्ता उपलब्ध गराउने

अस्थायी आवास निर्माणका लागि १० दिनभित्रै पहिलो किस्ता उपलब्ध गराउने

सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • अस्थायी आवास निर्माणका लागि १० दिनभित्रै पहिलो किस्ता उपलब्ध गराउने

    काठमाडौं । सरकारले बाढीपहिरोबाट घर गुमाएकाहरूलाई अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउने भएको छ। सात दिनभित्र लाभग्राही पहिचान गरी अनुदान दिने निर्णय भएको हो। लाभग्राही पहिचान भएको तीन दिनभित्रमा पहिलो किस्ताको अनुदान दिइसक्ने निर्णय भएको छ।

    सोमबार विपद प्राधिकरण कार्यालयमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले लाभग्राही पहिचान र पहिलो किस्ताको अनुदानबारे निर्णय गरेको हो।

    अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड २०८१ अनुसार पहिलो किस्ता अनुदान उपलब्ध हुनेछ। यो मापदण्डअनुसार पहिलो किस्तामा २५ हजार रुपैयाँ दिइनेछ भने अन्तिम किस्ता २५ हजार रुपैयाँ दिइनेछ।

    गत बिहीबारदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा जनधनको क्षति पुगेको थियो। यसैगरी राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुहरूलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध भएका सडक खण्डहरु यथाशिघ्र सञ्चालन गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने निर्णय भएको छ।

    बाढी पहिरोबाट हाल उत्पन्न विषम परिस्थितिमा सडक, खानेपानी लगायतका पूर्वाधार यथाशिघ्र सञ्चालन गरी सेवा प्रवाह सुचारु गर्न सम्बन्धित निकायले छिटो प्रक्रियाबाट आवश्यक व्यवस्थापकीय कार्य गर्ने गृहमन्त्रालयले जनाएको छ। 

    क्षतिग्रस्त भएका सरकारी तथा सार्वजनिक भवन, सडक, पुल, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था लगायतका संरचनाहरूको यथाशीघ्र पुननिर्माण कार्य सम्बन्धित मन्त्रालयले अघि बढाउने निर्णय भएको छ।

    1

    2

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij