काभ्रे र धादिङको सिडिओ फेरिए

काभ्रे र धादिङको सिडिओ फेरिए

सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • काभ्रे र धादिङको सिडिओ फेरिए

    काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ । मन्त्रालयले आइतबार काभ्रेपलाञ्चोक र धादिङका सिडिओहरूलाई फेरेको हो ।

    जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै सेडाईको स्थानमा मन्त्रालयका उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ ।

    यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा झिकाएर पाण्डेको स्थानमा मन्त्रालयका सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ ।

    धादिङका सिडिओ पाण्डेले बाढी-पहिरोमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै चर्को आलोचना भएको थियो । त्यसैले उनलाई गृह मन्त्रालय फिर्ता बोलाएर धादिङको सिडिओमा घिमिरेलाई पठाइएको हो । बाढी-पहिरोमा काभ्रे जिल्लामा ठूला क्षति पुऱ्याएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij