फोक्सिङटारमा तत्काल पुल जोड्न खोटाङबासीको माग

फोक्सिङटारमा तत्काल पुल जोड्न खोटाङबासीको माग

सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • फोक्सिङटारमा तत्काल पुल जोड्न खोटाङबासीको माग

    काठमाडौं । उदयपुर र खाेटाङ जाेड्ने दुधकाेशीकाे पुल शनिबारको बाढीले बगाएपछि खाेटाङ जिल्ला सिधा यातायात सम्बन्धबाट बन्चित भएको छ । नेकपा एमालेका नेता एवं पुर्व प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वकाे टाेलीले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर यथासक्य छिटाे फोक्सिङटारमा बेलिबृज जडान गरेर यातायात सञ्चालन गर्न माग गरेको हो ।

    2.jpeg

    आफूहरुले धेरै धेरै मेहनत गरेर बनाएको पुल बाढीले भत्काएका कारण त्यसको सबैभन्दा छिटो र भरपर्दो पुनर्स्थापना गराउन उनीहरुले आग्रह गरेका छन् । साथै, समस्याको दीर्घकालीन समाधानका लागि पहल गरिदिन समेत उनीहरुले अनुरोध गरेका छन् । 

    2.jpeg

    उनीहरुले हालका लागि र दीगो रुपमा समस्याको समाधानका लागि ५ बुँदे मागसमेत मन्त्रीसमक्ष राखेका छन् । 

    यस्ता छन् मागहरु 

    १) भत्केको पुलको दुईपट्टिको पिलरसहितको संरचना वाकी रहेकोले तत्काल अध्ययन गरी सम्भव भए त्यो २०/२० मिटरको भागलाई जोडेर भत्केको ८० मिटरमा बेलिबृज जोड्ने र पुल सन्चालन गर्ने । 

    २) नेपालमा ८० मिटरको बेलिबृज नभएकोले बाहिरबाट ल्याउन बिलम्ब हुदा पहिलेदेखि फोक्सिङटारमै रहेको बेलिबृज लगाउने र यातायात सन्चालन गर्दै गर्ने ।

    ३) दीर्घजीवी पुल निर्माणका खातिर उपयुक्त डिजाईनमा DPR बनाउन प्राविधिक टोली खटाउने । 

    ४) ठेक्का रद्ध गरी पुन: ठेक्का निकालिएको गाइघाट दिक्तेल सडक यथासिघ्र प्रकृया पुर्याई कालोपत्रे निर्माण कार्य थालनी गर्नुपर्ने ।

    ५) अहिले बाढी पहिरोले बिग्रेको मुख्य सडक तत्कालै पुनर्निर्माण गरी दसैमा सहजतापूर्वक घर फिर्न सक्ने वातावरण बनाउनुपर्ने । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij