वीपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा

वीपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • वीपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा

    काठमाडौं । वीपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएर आइतबार दिउँसो साढे १ बजेबाट राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । 

    खुर्कोट मुलकोट शनिबार राति नै पहिरो पन्छाएर सञ्चालन ल्याइएको थियो । आइतबार नेपालथोक मुलकोट सडक खण्ड पनि खुलाइएको छ ।

    अहिले अल्पकालिन रुपमा सडक सञ्चालन ल्याइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभागका डोजहरुको प्रयोग गरेर सडक सञ्चालनमा ल्याइएको हो ।

    सडक सञ्चालनमा आएसँगै नेपालथोकबाट सिन्धुलीतर्फ आएर गाडीहरु आ–आफ्नो गन्तव्यमा जान सुरु गरेका छन् । वर्षा रोकिए पनि आइतबार मात्रै सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा सडक भाँसिएको छ । उक्त ठाउँमा सानो डाइभर्स बनाएर सडक सञ्चालन गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij