आन्तरिक उडान प्रभावित भई अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई विविध शुल्कमा छुट दिन प्राधिकरणको आग्रह

आन्तरिक उडान प्रभावित भई अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई विविध शुल्कमा छुट दिन प्राधिकरणको आग्रह

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • आन्तरिक उडान प्रभावित भई अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई विविध शुल्कमा छुट दिन प्राधिकरणको आग्रह

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रतिकूल मौसमका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई विविध शुल्कमा छुट दिन विदेशी वायु सेवा कम्पनीहरूलाई आग्रह गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्मका उडानमा मिति परिवर्तन गर्दा, नो शो र भाडा यथावत राख्न अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूलाई अनुरोध गरिएको हो । 

    यसरी दिइने छुट टिकटबाट ११ अक्टोबरसम्म लागु हुने गरी व्यवस्था मिलाउन प्राधिकरणले अनुरोध गरेको हो ।

    यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुले टिकटको मिति सार्दा शुल्क नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij