दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीलाई काठमाडौं ल्याइयो

दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीलाई काठमाडौं ल्याइयो

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीलाई काठमाडौं ल्याइयो

    काठमाडौं । भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो ।

    उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको छ ।

    उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए । यो सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए । नेपालीविरुद्ध २०८० साल जेठ २४ गते पक्राउ पुर्जी जारी भएको थियो भने २०८० साल माघ १० गते रेड नोटिस जारी भएको थियो ।

    पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने जनाइएको छ । पक्राउ परेका मेयर नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत हुन् ।

    उनीहरुमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५ सय २५ रुपैयाँ अपचलन गरेको आरोप छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij