झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ जनाको शव निकालियो

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ जनाको शव निकालियो

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ जनाको शव निकालियो

    काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएका ३५ जनाको शव भेटिएको छ । शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो ।  

    पहिरोमा परेकाहरुको अहिलेपनि उद्धार कार्य जारी रहेको र २६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

    जाममा रहेको बेलामा माथिबाट एक्कासी पहिरो खस्दा कति गाडी पुरिएका छन् भन्ने भने यकिन भइसकेको छैन । अहिलेसम्म पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ ।

    पहिरोमा अझै केही व्यक्ति पुरिएको हुनसक्ने प्रहरीको आशंका छ । अहिले सुरक्षाकर्मीको टोलीले खोजी गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij