पुरिएकालाई उद्धार गर्न गएका सेनाका कर्णेलको पहिरोबाट मृत्यु

पुरिएकालाई उद्धार गर्न गएका सेनाका कर्णेलको पहिरोबाट मृत्यु

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • पुरिएकालाई उद्धार गर्न गएका सेनाका कर्णेलको पहिरोबाट मृत्यु

    काठमाडौं । पहिरोबाट नेपाली सेनाका कर्णेलले पनि ज्यान गुमाएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित सिन्धु बीच रिसोर्टमा कर्णेल मिलन केसीको मृत्यु भएको हो ।

    उनी विदेशी साथीहरुसहित सो रिसोर्टमा गएका थिए । साथीहरुलाई पहिरोले पुरेपछि उद्धारमा जाँदा उनी पनि पुरिएका थिए । तत्कालै निस्कन सफल भएपनि गम्भीर चोटका कारण उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।

    सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत उनी शान्ति मिसन जाने तयारीमा थिए । सो पहिरोमा एक कोरियन नागरिककाे समेत मृत्यु भएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij