झ्याप्ले खोला पहिरो : दुई दिनमा २९ जनाको शव निकालियो

झ्याप्ले खोला पहिरो : दुई दिनमा २९ जनाको शव निकालियो

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • झ्याप्ले खोला पहिरो : दुई दिनमा २९ जनाको शव निकालियो

    काठमाडौं । झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ। पहिरोले पुरिएका बसबाट शवहरु निकालिएको हो।

    आज मात्रै झ्याप्ले खोलामा पुरिएका थप १५ जनाको शव निकालिएको छ । भेटिएका शवमध्ये ११ पुरुष र ४ जना महिलाको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

    पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।

    सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो। उक्त पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij