काठमाडौं । गोरखाको लापुबेंसीबाट छुटेर गत शुक्रबार रातीदेखि सम्पर्कविहीन यात्रुबाहक बस पृथ्वीराजमार्ग अन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ ।
धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको जनाइएको छ ।
बसको डण्डीमा चालकको मोबाइल नम्बर पनि देखिएको जनाइएकाे छ । लापुबेंसीबाट छुटेको बस शुक्रबार राति १० बजेदेखि सम्पर्कविहीन थियो ।