हेटौंडा काठमाडौं जोड्ने सबै बाटो अवरुद्ध

हेटौंडा काठमाडौं जोड्ने सबै बाटो अवरुद्ध

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • हेटौंडा काठमाडौं जोड्ने सबै बाटो अवरुद्ध

    काठमाडौं । शुक्रबार र शनिबारको अविरल वर्षाका कारण बाढी र पहिरो जाँदा हेटौँडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध भएका छन् ।

    हेटौँडबाट काठमाडौं जोड्ने कान्तिलोकपथ, कुलेखानी-फाखेल, कुलेखानी-सिस्नेरी-दक्षिणकाली र त्रिभुवन लोकपथ सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङमा माथिबाट पहिरो र खोलामा बाढी आई बाटो पूर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

    सोही सडक खण्डको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला स्थित लच्कामा आएको बाढीले बाटो पूर्ण अबरुद्ध बनाएको उनले जानकारी दिए ।

    कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका-११ आँपचौर र लाम्राङमा खसेको पहिरो र भीमफेदी गाउँपालिका-८ बागमती खोलाको पुल बाढीले कटान गर्दा बाटो पूर्ण रुपमा अबरुद्ध बनेको छ ।

    भीमफेदी-कुलेखानी-फाखेल सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका- ४ रातोमाटे, वडा नम्बर ६ को ढोकाफेदी पहिरो जाँदा बाटो बन्द भएको छ ।

    त्रिभुवन लोकपथ अन्तर्गत थाहा नगरपालिका–१ दामनमा पहिरो गएर बाटो अवरुद्ध बनेको प्रहरीले जनाएको छ । उक्त पहिरो हटाउने कार्य भैरहेको छ ।

    त्यस्तै, प्रदेश राजधानी र संघीय राजधानी जोड्ने सबैभन्दा छोटो दुरीको फाखेल चखेल मातातीर्थ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसी बाटो अवरुद्ध बनेको प्रहीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij