गोरखाबाट काठमाडौंका लागि हिंडेको बस २ दिनदेखि सम्पर्कविहीन

गोरखाबाट काठमाडौंका लागि हिंडेको बस २ दिनदेखि सम्पर्कविहीन

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • गोरखाबाट काठमाडौंका लागि हिंडेको बस २ दिनदेखि सम्पर्कविहीन

    काठमाडौं । गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क विहीन भएको छ । शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जाँदै गरेको ना४ख २२७० नम्बरको बस हालसम्म पनि सम्पर्कमा नआएको हो । 

    बस सम्पर्कविहीन भएको भनी खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । खोजी कार्यका लागि आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ । 

    उक्त बस राति १० बजे काठमाडौं नजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको छ । उक्त बस पनि झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिए पनि एकिन भने भएको छैन । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij