काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।