झ्याप्लेखोलामा पहिरोले पुरिएका दुई बसबाट निकालियो १४ जनाको शव

झ्याप्लेखोलामा पहिरोले पुरिएका दुई बसबाट निकालियो १४ जनाको शव

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • झ्याप्लेखोलामा पहिरोले पुरिएका दुई बसबाट निकालियो १४ जनाको शव

    काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

    शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

    त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।

    पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij