एन्फाको क्याम्पका ६ जना खेलाडीको शव फेला, हेलिकप्टरमा काठमाडौं ल्याइयो

एन्फाको क्याम्पका ६ जना खेलाडीको शव फेला, हेलिकप्टरमा काठमाडौं ल्याइयो

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • एन्फाको क्याम्पका ६ जना खेलाडीको शव फेला, हेलिकप्टरमा काठमाडौं ल्याइयो

    काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका सबै ६ जना बालकको शव भेटिएको छ ।

    सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए ।

    उनीहरु सबैको शव भेटिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएकाे छ । ६ जना बालकको शव नेपाली सेनाको हेलिकप्टरले विद्यालयबाट लगिसकेकाे छ । 

    अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको थियो ।

    बत्सलादेवी माविमा एन्फाले गत वर्षदेखि फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो । जहाँ ४० बालकहरुले प्रशिक्षण लिइरहेका थिए ।

    बाँकी ३४ जना बालकलाई पनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij