बाढी र पहिरोबाट देशभर ६६ जनाको मृत्यु, सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा

बाढी र पहिरोबाट देशभर ६६ जनाको मृत्यु, सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • बाढी र पहिरोबाट देशभर ६६ जनाको मृत्यु, सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा

    काठमाडौं । बिहीबारदेखि परेको निरन्तर वर्षाले कारण बाढी र पहिरो र डुवान हुँदा देशभर ६६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै मृतकको संख्या ६६ पुगेको जानकारी गराएको हो । 

    बाढीपहिरो तथा डुवानले ६९ जना बेपत्ता भएको र ६० जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । 

    सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा भएको छ । शनिवार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले पत्रकार सम्मेलन मार्फत विभिन्न स्थानमा भएको क्षतिको विस्तृत जानकारी गराएका छन् । 

    बाढी पहिरोबाट काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । उपत्यकाभित्र काठमाडौँमा ९ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् भने उपत्यकामा कूल ११ जना घाइते भएका छन् । उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशमा २३ जनाको मृत्यु भएको छ, जहाँ ३५ जना घाइते र ४० जना बेपत्ता भएका छन् । 

    कोशी प्रदेशमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते र ८ जना बेपत्ता भएका छन् । मधेस प्रदेशमा पनि १ जनाको मृत्यु, २ जना घाइते र ४ जना बेपत्ता भएका छन् । 

    प्रवक्ता तिवारीका अनुसार सुरक्षाकर्मीहरूले अहिलेसम्म ३ हजार जनालाई उद्धार गरिसकेका छन् । काठमाडौँ, काभ्रे, सिन्धुली र मकवानपुरमा हेलिकोप्टरको माध्यमबाट उद्धार कार्य गरिएको उनले बताए । उद्धार र राहतको कार्य निरन्तर जारी रहेको र आवश्यक ठाउँमा थप सुरक्षाकर्मी परिचालन हुने उनले बताए । 

    घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको छ भने जिल्ला विपद् व्यवस्थापन समितिहरू मार्फत राहत वितरणको काम पनि सुरु हुने उनले बताए । तिवारीले मौसमको अवस्थाबारे निरन्तर जानकारी दिइरहेको र आवश्यक सावधानी अपनाउन आग्रह गरे ।

    यस्तै काठमाडौँको लाइफलाइनको रूपमा रहेका प्रमुख राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध भएकाले ती राजमार्गलाई पुनः सञ्चालन गर्न सडक विभाग र सुरक्षाकर्मी परिचालन गरेर छिटोभन्दा छिटो सम्पन्न गरिने प्रवक्ता तिवारीले जानकारी दिए ।

    WhatsApp Image 2024-09-28 at 18.45.38_b2986256

    WhatsApp Image 2024-09-28 at 18.45.43_f9455075

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij