काठमाडौं । अपरान्ह आएको पहिरोमा एक घर पुरिँदा सोलुखुम्बुको टाप्टिङमा २ जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको चैलुङ गाउँमा स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उक्त घरमा किचिएर उनका छोरी र बुहारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परि उनका ३० वर्षीया छोरी कविता मगर र ४१ बर्षिया बुहारी रुपु मगरको मृत्यु भएको हो ।