कोशी ब्यारेज पुलमा सवारीसाधन सञ्चालनमा रोक

कोशी ब्यारेज पुलमा सवारीसाधन सञ्चालनमा रोक

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • कोशी ब्यारेज पुलमा सवारीसाधन सञ्चालनमा रोक

    काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै नदी किनारस्थित बराहक्षेत्र नगरपालिकाका केही वडा डुबानमा परेका छन् ।

    शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले डुबानमा परेको नदी आसपास क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । कोशीमा बढेको पानी बराहक्षेत्र नगरपालिका–६ स्थित ठाकुरबारी, टिक्री चिलिया टापुमा २२ जना फसेको मुख्यमन्त्री कार्कीले बताए ।

    त्यसैगरि, सोही नगरपालिकास्थित वडा नम्बर ९ मासमेत बाढीमा १२ जना फसेका छन् । हाल कुल ३४ बाढीमा फसेका बताउँदै उनीहरुको उद्धारका लागि मुख्यमन्त्री कार्कीले गृहमन्त्रीसँग समेत पहल गरेको बताएका छन् ।

    स्थलगत निरीक्षणपछि मुख्यमन्त्री कार्कीले उनीहरुको उद्धारका लागि सुरक्षा निकायसँग समन्वय गर्दै हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी भइरहेको छ ।

    हाल ५६ वटा ढोका खुला गरिएको कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० क्यूसेक मापन गरिएको छ । मुख्यमन्त्री कार्कीका अनुसार हाल सुरक्षालाई ध्यानमा राखेर ब्यारेजबाट हुने सवारी आवागमन रोकिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij