बाढी पहिरोमा परेर उपत्यकामा मात्रै ३२ जनाको मृत्यु, एक हजार ५३ जनाको उद्धार

बाढी पहिरोमा परेर उपत्यकामा मात्रै ३२ जनाको मृत्यु, एक हजार ५३ जनाको उद्धार

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • बाढी पहिरोमा परेर उपत्यकामा मात्रै ३२ जनाको मृत्यु, एक हजार ५३ जनाको उद्धार

    काठमाडौं । बाढी पहिरोमा परेर काठमाडौं उपत्यकामा मात्र ३२ जनाको ज्यान गएको छ । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानका कारण काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ३२ जनाको मृत्यु भएको हो । १२ जना वेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । 

    गृहमन्त्रालयका अनुसार, ललितपुरमा १६, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ । ललितपुरका ११ र काठमाडौंबाट एकजना बेपत्ता भएका छन् । त्यसैगरी काठमाडौंमा १०, ललितपुरका ५ र भक्तपुरमा दुईजना घाइते भएका छन् ।

    काठमाडौं उपत्यकामा चार हजार पाँच सयबढी सुरक्षाकर्मि परिचालन गरेर उद्धार कार्य अघि बढाइएको छ । काठमाडौंबाट ५८९ जना, ललितपुरबाट ४१६ र भक्तपुरबाट ४८ जनाको उद्धार गरिएको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij