हिजोदेखि रोकिएको आन्तरिक उडान आंशिक सञ्चालनमा

हिजोदेखि रोकिएको आन्तरिक उडान आंशिक सञ्चालनमा

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • हिजोदेखि रोकिएको आन्तरिक उडान आंशिक सञ्चालनमा

    काठमाडौं । हिजो साँझदेखि रोकिएका आन्तरिक उडान आंशिक रुपमा सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट मुख्य शहरहरुमा हुने उडानलाई आंशिक रुपमा खुला गरेको हो ।

    विमानस्थलबाट इन्स्ट्रुमेन्टल फ्लाइट रुल (आईएफआर) र भिज्युअल फ्लाइट रुल (भीएसआर) गरी दुई तरिकाबाट उडान र अवतरण हुन्छ । भीएसआर भनेको पाइलटले आँखाले हेरेरै उडान तथा अवतरण गर्ने सिस्टम हो । आईएफआर अन्तर्गत भने यस्तो उडान र अवतरण उपकरणको सहायताले गरिन्छ । 

    आईएफआर प्रविधि अन्तर्गत गरिने उडान बेलुकी छ बजेसम्मको लागि खुला भएको छ । यी उडान गरेपछि पाइलटले दिने मौसमसम्बन्धी सूचनाका आधारमा थप निर्णय लिइने जनाइएकाे छ । 

    योसँगै चन्द्रगढी, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा हिजोदेखि रोकिएका उडानहरु सुचारु भएका छन् ।  त्यसबाहेक अन्य एयरपोर्टको उडानहरुमा लगाइएको रोक भने यथावत छ । अन्तर्राष्ट्रिय उडान र अवतरण भने नियमित रुपमा भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij