काभ्रेमा पहिरोमा परी २ जनाको मृत्यु, एकै परिवारका ५ जना बेपत्ता

काभ्रेमा पहिरोमा परी २ जनाको मृत्यु, एकै परिवारका ५ जना बेपत्ता

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • काभ्रेमा पहिरोमा परी २ जनाको मृत्यु, एकै परिवारका ५ जना बेपत्ता

    काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको हो ।

    पहिरोले ३ घरमा पूर्ण क्षति पु¥याएको थियो । २ घरका परिवार भागेर सुरक्षित ठाउँमा पुग्न सके पनि भण्डारीको परिवार पहिरोमा परेर सम्पर्कविहीन भएको हो । पहिरो झर्न रोकिएको छैन ।

    अहिले पनि ठूलो पानी परिराखेकाले उद्धार गर्न जाने अवस्था पनि नरहेको प्रहरीले जनाएको छ । 

    बिहान करिब साढे ३ बजे गएको पहिरोमा परी बेपत्ता भण्डारीको परिवारको उद्धारका लागि विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ ।

    त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    आज बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij