काठमाडौं । बाढी पहिरोले ठुलो क्षति गरेपछि गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको वैठक बोलाइएको छ । गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्न बिहान १०ः३० बजे सिंहदरवारस्थित गृहमन्त्रालयमा केन्द्रिय सुरक्षा समितको बैठक डाकेका हुन् ।
उनले मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन आग्रह समेत गरेका छन् ।