भक्तपुरका १५ वटा टोलबस्ती डुवानमा, सतर्क रहन आग्रह

भक्तपुरका १५ वटा टोलबस्ती डुवानमा, सतर्क रहन आग्रह

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • भक्तपुरका १५ वटा टोलबस्ती डुवानमा, सतर्क रहन आग्रह

    भक्तपुर । भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुवानमा परेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण बस्तीहरु डुवानमा परेका हुन् । 

    अविरल वर्षाका कारण भनपा–६ भीमसेनस्थानमा रहेको सिद्धि स्मृति अस्पतालमा पानी पस्दा सबै सेवा नै बन्द गर्नुपरेको छ । 

    बर्षाको कारण चाँगुनारायण नगरपालिका ०६ नगरकोट बाख्री गाउँमा तेलकोट देखि बाख्री गाउँहुदै नगरकोट जाने बाटोमा ८ः४० बजेको समयमा पहिरो जादा हरिगुरु मार्ग पुर्ण रुपले अबरुद्ध भएको । बैकल्पिक सडकको रुपमा तेलकोटबाट बास्तोला गाउँ हुदै नगरकोट पुग्ने बाटो प्रयोग गर्न अनुरोध गरिएको छ । 

    1.jpg

    सूर्यविनायक न पा वडा नं २ स्थित गोदावरी खोला किनारका टहराहरू मा पानी पसेर  पशु पन्छी बगाएको तत्काल उद्धार को आवश्यकता भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । 

    त्यस्तै, सूर्यविनायक न पा वडा नं १० को भंगालमा गणेश दुलाल र भरत दलालको घर पहिरोले पुरीई चौपाया समेत पुरिएको  तत्काल उद्धारका लागि खटिएकोसमेत प्रहरीले जनाएको छ । 

    भक्तपुरको पलांसे नजिकै पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

    भक्तपुरको सिद्वीस्मृति अस्पताल डुवानमा परेपछि बिरामीलाई उद्वार गरि अन्यत्र अस्पताल पठाउन नेपाली सेना सहितको सुरक्षा टोली बोटसहित परिचालन गरिएको छ ।

    मिति २०८१/०६/१२ गते ०९:३० बजेको समयबाट जिल्ला भक्तपुर सुनपा २ कौशलटार बाट बालकोट जाने बाटोमा फर्निचर कारखानामा ९जना मानिस फसेपछि ३जनाको उद्दार सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोट बाट सप्रनाउ गणेश दत्त पाण्डेको टोलिले उद्दार गरे पश्चात् बाकि ६ जनाको उद्दारको लागि सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोट बाट सप्रनाउ गणेश दत्त पाण्डेको टोलि इन्द्रबक्स गण सुर्यबिनायक बाट नेपाली सेना सुवेदार धर्बेन्द्र कुमार चन्द, प्रहरी वृत थिमि बाट युवराज कटुवाल,RN 16 अरूण सैजु टोलि सहित संयुक्तरूपमा बाकि मानिसहरूलाइ बोट द्दारा उद्दार गर्ने कार्य सुरू भएको छ ।

    2.jpg

    भक्तपुरको राधेराधेमा पनि हनुमन्ते खाेला पसेपछि कतिपय स्थानीयले घर छाडेका छन् ।

    ठिमी नपा र सुनपा एरियामा गए राती देखी परेको अविरल बर्साको कारण सूनपा ४ दधिकोट स्थित मॉर्डन चोकमा घट्टे खोला को पानि पसेर अधिकारी टोलमा र हिनचोक टोलमा लगभग ३०/३५ घर डूबनामा रहको र दधिकोट तर्खगाल स्थित नांग्गे पाखा बाट पहिरो आई तर्खगालमा पहीरो को कारण थीमी,गामचा ,तर्खगाल सडक़ खण्ड अबरुध्ध भएकाे छ ।

    3.jpg

    त्यसैगरी, हनुमन्ते खोलाको बाढी पसेर  मथिनपा ३ चारदोवाटोमा रहेको अन्नपुर्ण तरकारी बजार र मथिनपा ३ कौसल्टार मा रहेको सागबारी टोल, सुनपा २ बालकोट ,क्षेत्रका बिभिन्न स्थानहरु लगाएत खोला किनारमा रहेको घरहरु, मानिस बसोबास गर्ने टहराहरु गाई बाध्ने टहरा हरु डुवान मा परेता पनि मानविय क्षेति नभएको मानिसहरु सुरक्षित स्थानमा बसेका छन् ।

    4.jpg

    खोला किनारमा रहेको धानवालि मा पुर्ण रुपमा पानि पसेर धानबालि क्षति भएको छ । त्यसैगरी, मथिनपा ५ स्थित राधे राधे को दुवै बिस्तारित सडकमा हनुमन्ते खोलाको पानिको बहाव पसी सडक अबरुध्द रहेको छ । सुनपा २ बालकोट र महालक्षमी नगरपालिका ललितपुर सिमाना भएर बगने गोदावरी खोला पनि बस्तिमा बसेको जानकारी भएको तर हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएकाे छैन । 

    अझैपनि पानी परिरहेका कारण सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । 

    No description available.

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij