त्रिशुली नदीले बगायो दुईवटा टिपर, एक-एकवटा जिसिबी र स्काभेटर

त्रिशुली नदीले बगायो दुईवटा टिपर, एक-एकवटा जिसिबी र स्काभेटर

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • त्रिशुली नदीले बगायो दुईवटा टिपर, एक-एकवटा जिसिबी र स्काभेटर

    काठमाडाैं । त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुइटा टिपर एउटा जिसिवी र एउटा स्काभेटर बगाएको छ ।

    यो ठाउँ चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिकाको सिमाना क्षेत्र हो । नदीमा कामका लागि राखिएका अन्य स्काभेटर र टिपर पनि बगाउने जोखिममा छन् ।

    यी साधनलाई नदीको पानीले घेरेको छ । पानीको बहाब बढ्दै जाँदा बगाउने जोखिम देखिएको छ । सो स्थानमा मान्छे भने नरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij