काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका १२ न्यायाधीशको सरुवा गरेको छ । आज बसेको न्याय परिषद सचिवालयको बैठकले १२ जना न्यायाधीशको सुरुवा गरेको हो ।
यसरी सरुवा हुनेमा हरिप्रसाद भण्डारी, धीरबहादुर चन्द, नातिबावु लामिछाने, सुभाष पौडेल, श्यामजी प्रधान, सोमकान्त मैनाली, किरणकुमार गुप्ता, राधाकृष्णा उप्रती, कविर प्रसाद न्यौपाने, सुशिल कोइराला, अच्युतमकुमार आर्चाय र विष्णुप्रसार अर्याल रहेका छन् ।

