काठमाडौं । सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिश भएका छन् । न्यायपरिषद् बैठकले उच्च अदालतका दुई जना मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिश गरिएको हो।
निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन्।