अविरल वर्षासँगै आएको पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • अविरल वर्षासँगै आएको पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

    काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

    पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।

    नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । 

    अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij