दसैँ–तिहारका लागि काठमाडौंमा ३ हजार ७ सय ६५ प्रहरी परिचालन

दसैँ–तिहारका लागि काठमाडौंमा ३ हजार ७ सय ६५ प्रहरी परिचालन

शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • दसैँ–तिहारका लागि काठमाडौंमा ३ हजार ७ सय ६५ प्रहरी परिचालन

    काठमाडौं । दसैँ–तिहारमाका लागि काठमाडौंमा ३ हजार ७ सय ६५ प्रहरी परिचालन हुने भएका छन् ।  काठमाडौँ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गदै कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने आकलन गरेको जनाइएको छ । 

    प्रहरीले लुटपाट, चोरी तथा स्न्याचिङ, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली जस्ता अपराध हुनसक्ने प्रहरीको आकलन गरेको छ । 

    सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७ सय ६५ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागू हुनेछ ।

    कलंकी, बल्खु सून्धारा, पूरानो बसपार्क, गोंगबु, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, हल्चोकलगायत १२ स्थानमा यात्रु सहायता कक्ष खडा गरिने जनाइएकाे छ ।

    यी सम्भावित अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन, २ रुटमा लङ रेन्ज गस्ती, ४२ रुटमा सर्ट रेन्ज गस्ती गरिने भएकाे छ ।

    त्यस्तै ७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको प्रहरीले जनाएको छ । सूचना संकलनको रुपमा सादा पोशाकको रुपमा ३८ वटा टोली बनाएर परिचालन गरिने प्रहरीले जनाएको छ । सिल एण्ड सर्च र कर्डन सर्चको रुपमा २८ टोली खटाइने छ । २२ ठाउँमा एम्बुसिङ चेकिङ गर्ने प्रहरीको तयारी छ ।

    नाकाहरुमा हरेक दिन कुकुर पनि परिचालन गरिने, पर्चा पम्प्लेटमार्फत जनचेतना गर्ने प्रहरीको तयारी छ । कलंकी, बल्खु सून्धारा, पूरानो बसपार्क, गोंगबु, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, हल्चोकलगायत १२ स्थानमा यात्रु सहायता कक्ष खडा गरिने जनाइएकाे छ ।

    काठमाडौँ प्रहरीले घटनाको सूचना पाएको ५ देखी १० मिनेटमा पहिलो रेस्पोन्स गर्ने र ३० मिनेटभित्र वृहत् प्रतिकार्य पुरा गरिने जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij