काठमाडौं । पछिल्लो दुई महिनामा नेपाल आउने पर्यटकबाट भएको आम्दानीभन्दा विदेशीने नेपाली पाँचगुणा बढी खर्च गरेका छन् ।
राष्ट्रबैंकको पछिल्लो तथ्यांकअनुसार साउन र भदौमा नेपाल आएका विदेशीमार्फत चार अर्ब ७६ करोड आम्दानी भएको छ । यसअघिको भन्दा भ्रमण आय ८.१ प्रतिशतले बढेको देखिन्छ ।
व्यय भने २२ अर्ब ५० करोड रुपैयाँ पुगेको हो । योमध्ये शिक्षातर्फमात्रै १४ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको देखिन्छ ।
अघिल्लो वर्षको यही अवधिमा भ्रमण व्यव १७ अर्ब अर्ब रहेको थियो भने शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड रहेको थियो ।