त्रिभुवन विमानस्थल वरिपरी चङ्गा, ड्रोन र वेलुन उडाउन प्रतिबन्ध

त्रिभुवन विमानस्थल वरिपरी चङ्गा, ड्रोन र वेलुन उडाउन प्रतिबन्ध

बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • त्रिभुवन विमानस्थल वरिपरी चङ्गा, ड्रोन र वेलुन उडाउन प्रतिबन्ध

    काठमाडौं ।  त्रिभुवन विमानस्थल वरिपरी चङ्गा, ड्रोन र बेलुन उडाउन नपाइने भएको छ । 

    नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको विमानस्थल नागरिक उड्डयन कार्यालयले विहीबार सूचना जारी गर्दै विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन र नउडाउन र लेजर लाइट प्रयोग नगर्न भनेको हो । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ । 

    दशैं नजिकिएसँगै चङ्गा उडाउने गरिएको छ । त्यसले हवाई सुरक्षामा गम्भीर असर पुग्नसक्ने अधिकारीहरुको भनाइ छ । त्यसैले सूचनाको पालना गर्दै हवाई जहाज उड्ने क्षेत्रमा चङ्गा, बेलुन वा ड्रोन नउडाउन भनिएको हो ।

    साथै प्राधिकरणले अटेर गरी यस्ता काम गरेमा कानुनअनुसार कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij