काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार, सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास भइरहेको छ । सडक अवरुद्ध हुंदा हेटौडाबाट काठमाडौं आउँदै गरेका र काठमाडौंबाट प्रदेश राजधानी जाने सैयौ सवारी रोकिएको बताइएको छ ।