काठमाडौं । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको वर्षाले कालीकोटको सुभकालिका-१ मा पर्ने गगनेखोलामा ठूलो ढुंगासहितको पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो ।
पहिरो गएपछि कालिकोटबाट आएका गाडी हुल्म बजारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।
गगने खोलामा पहिरोसँगै ढुङ्गा खसिरहेकोले तत्काल हटाउन सक्ने अवस्था छैन । वर्षाले दैखोला सेरिघाट सडखण्डको हुल्ममा पनि पहिरो झरेको छ ।
असारयता गगने खोलामा मात्र २७ पटक पहिरो झरेर ३९ दिन सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।