स्थानियवासीले ल्याउन दिएनन् मेलम्चीको पानी, काठमाडौंमा मेलम्चीकाे पानी 'अनिश्चित'

स्थानियवासीले ल्याउन दिएनन् मेलम्चीको पानी, काठमाडौंमा मेलम्चीकाे पानी 'अनिश्चित'

बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • स्थानियवासीले ल्याउन दिएनन् मेलम्चीको पानी, काठमाडौंमा मेलम्चीकाे पानी 'अनिश्चित'

    काठमाडौं । आज असोज १० गते बिहीवारदेखि काठमाडौं उपत्यकामा ल्याउने भनिएको मेलम्चीको पानी अन्तिम अवस्थामा आएर रोकिएको छ । स्थानियवासीले आफ्ना मागहरु राखेर विरोध प्रदर्शन गर्न थालेपछि आजदेखि काठमाडौं ल्याउने भनिएको मेलम्चीको पानी रोकिएको हो ।

    यसअघि दुई साताअघि नै एउटा सूचना प्रकाशित गर्दै मेलम्ची खानेपानी विकास समितिले असोज १० गते बिहीवारदेखि काठमाडौंमा मेलम्चीको पानी ल्याउने घोषणा गरेको थियो ।

    स्थानियवासी तथा बाढी प्रभावितहरुले आफ्ना माग पूरा नगरे मुहानमा कामै गर्न नदिने अडान लिएपछि समितिले मेलम्चीको पानी काठमाडौं ल्याउने अभियान तत्कालका लागि रोकिएको जनाएको छ ।

    स्थानीय वासिन्दा तथा बाढी प्रभावितहरुले बुधवार मेलम्चको मुहान क्षेत्रमा प्रदर्शन गर्दै आफ्ना माग पूरा नभए पानी लैजान नदिने घोषणा गरेका छन् । प्रदर्शनमा उत्रिएकाहरुले आफ्नो बाँकी भुक्तानी दिनु पर्ने मुख्य माग राखेका छन् । उनीहरुले राहत र पुनःस्थापना तथा स्थानीय सप्लायर्सले सुरुङ निर्माण गर्दा–गर्दै ठेक्का तोडेर फर्किएको इटालियन कम्पनीले बाँकी भुक्तानी दिनुपर्ने माग राखेका हुन् ।

    समितिले समयमै मुहानमा पुगेर काम थाल्न नसकेको, स्थानीयवासीको अवरोध तथा मनसुन सक्रिय भैरहेकाले मेलम्चीको पानी काठमाडौं ल्याउने कार्य अनिश्चित बनेको बताएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij