दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

    काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप गर्न अदालतमा उपस्थित गराएको छ । साइबर ब्युरोले उनलाई थप ७ दिन हिरासतमा राख्नु अनुमति मागेको हाे । 

    असोज ६ मा प्रसाईंलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको घरबाट पक्राउ गरेको थियो । उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेर अदालतमा पेस गरिएको छ । 

    प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल विरुद्ध पक्राउ अनुमति जारी भएको छ । युट्युब मार्फत प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिला र अर्का एक नजा पुरुषको चरित्रहत्या गरेको आरोप छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij