काठमाडाैं । शुद्धोधन गाउँपालिका वडा नम्बर-१ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत यादवको मंगलबार साँझ निधन भएको हो । ६८ वर्षीय यादव कांग्रेस पार्टीबाट २०७४ र २०७९ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।
मस्तिष्कको ट्युमरको उपचारका लागि भेन्टिलेटरमा रहेका बेला उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बताए । गाउँपालिकाले बुधबार शोक बिदा दिएको छ ।
गाउँपालिका अध्यक्ष चौधरीले वडाध्यक्ष यादवको निधनले गाउँपालिकाले विकासप्रेमी अगुवा गुमाउनु परेकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनामा हार्दिक समवेदना व्यक्त गरेका छन् ।