पाँच प्रदेशका २७ जिल्ला बाढी पहिरोको उच्च जोखिममा

पाँच प्रदेशका २७ जिल्ला बाढी पहिरोको उच्च जोखिममा

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • पाँच प्रदेशका २७ जिल्ला बाढी पहिरोको उच्च जोखिममा

    काठमाडौं । पाँच प्रदेशका २७ जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावको कारण मंगलबारदेखि मनसुनी प्रणाली सक्रिय भएकाले सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिएको हो।

    बुधबार सुदूरपश्चिमका एक–दुई स्थानमा तथा बिहीबार गण्डकी, लुम्बिनी, सुदूरपश्चिमका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ। यो अवधिमा महाशाखाले पाँच प्रदेशका २७ जिल्लाहरू उच्च जोखिममा रहेको जनाइएकाे छ।

    कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकीका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रूकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके उच्च जोखिममा छन्।

    त्यस्तै कर्णालीका सुर्खेत, सल्यान, रूकुम पश्चिम, जाजरकोट र दैलेख तथा सुदूरश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी उच्च जोखिममा छन्। मधेस र बागमती प्रदेशमा भने उच्च जोखिम नरहेको महाशाखाले जनाएको छ। 

    कोशी प्रदेशका १२ जिल्ला, मधेसका चार जिल्ला, बागमतीका १३, गण्डकीका तीनवटा जिल्ला, लुम्बिनीका तीनवटा, कर्णाली दुई र सुदूरपश्चिमका पाँच जिल्ला मध्यम जोखिममा छन्।

    ८ जिल्ला भने न्यून जोखिममा छन्। जसमा मधेशका ४, गण्डकीकाे १ र कर्णाली ३ वटा रहेका छन्।  यस वर्ष मनसुन बाहिरिने सरदर मितिभन्दा पाँच दिन लम्बिने सम्भावना छ।  नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अथात् असोज १६ गते हो ।

    तर यसपटक असोज २१ गतेसम्म रहने देखिएको जनाइएको छ । यस वर्ष दसैंमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविदहरूको भनाइ छ । 

    moonson-1727141583.jpg

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij