काठमाडौं । काठमाडौं महानगरपालिकाले मनमती खोलामाथि बनेको संरचना र स्ल्याब (ढलान) हटाएको छ । महानगरपालिकाले १३ र १४ नम्बर वडामा पर्ने मनमती खोला माथिको स्ल्याब र स्ल्याबमाथि पनि बनेका संरचना हटाएको हो ।
सोल्टीमोडदेखि भित्र रहेको मनमतीमाथि स्ल्याब हालेर एउटा मन्दिर, दुई कोठा रहेको भवन र एउटा शौचालय भत्काएकाे महानगरले जनाएकाे छ । करिब २ सय मिटर खोला छोपेर स्ल्याब हालेकाे पाइएकाे महानगरले जनाएकाे छ ।
स्थानीय र केही मान्छेले खोला छोपेर संरचना बनाएको भन्दै उजुरी गरेपछि महानगरको अनुमतिमा डोजर चलाएर स्ल्याब हटाइएकाे हाे ।