श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

    काठमाडौं । श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । समितिले आफूलाई अस्वीकृत गर्ने भएपछि आफू नियुक्ति प्रक्रियाबाट बाहिरिएको भन्दै निवेदन दिएका हुन् । 

    उनलाई अस्वीकृत गर्न दिउँसो ३ बजे सुनुवाइ समितिको बैठक बोलाइएको छ । तर, उनले भने आफू नियुक्ति प्रक्रियाबाट बाहिरिएको भन्दै निवेदन दिएका हुन् ।

    उनले आफ्नो कार्य व्यस्तताका कारण राजदूतको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको निवेदनमा उल्लेख गरेका छन् । यसअघि निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई अस्वीकार गर्ने भएपछि नियुक्ति नखाने भन्दै निवेदन हालेका थिए ।

    यसअघि सोमबार संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने तयारी गरे पनि समितिका दुई-तिहाइ सदस्य अनुपस्थित भएपछि निर्णय रोकिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij