मुखमा कालो टेप टाँसेर माइतीघर मण्डलामा दुर्गा प्रसाइँका समर्थकको प्रदर्शनी

मुखमा कालो टेप टाँसेर माइतीघर मण्डलामा दुर्गा प्रसाइँका समर्थकको प्रदर्शनी

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • मुखमा कालो टेप टाँसेर माइतीघर मण्डलामा दुर्गा प्रसाइँका समर्थकको प्रदर्शनी

    काठमाडौं । दुर्गा प्रसाइँका समर्थकहरु प्रदर्शनीमा उत्रिएका छन् । प्रसाइँलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै उनीहरुले मुखमा कालो टेप टाँसेर माइतीघरमा प्रदर्शनी गरेका हुन् । 

    लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाइँको पक्राउको विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । 

    प्रसाइँ आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । गत असोज २ मा जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij