काठमाडौं । नेपाली सेनाका दुई उपरथीको सरुवा भएको छ । सोमबार सेनाका उपरथीहरू प्रकाश देउजा र गणेश श्रेष्ठको सरुवा भएको हो ।
सेनाको सम्भाररथी विभागको प्रमुख रहेका देउजालाई सुदूरपश्चिम पृतनापति र त्यहाँ पृतनापति रहेका उपरथी श्रेष्ठलाई सम्भाररथी विभागमा सरुवा गरिएको छ ।
प्रधानसेनापतिमा अशोकराज सिग्देल आएसँगै सेनाको सम्भारथी विभागको पुरै सेट परिवर्तन गरिएको हो । यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले देउजालाई सम्भारमा ल्याएका थिए ।
हाल सम्भारमा ल्याइएका श्रेष्ठ २८ बेसिकका सैनिक अधिकृत हुन् ।
सेनाको अर्को महत्वपूर्ण मानिने नीति महानिर्देशनालयमा कृष्णदेव भट्टको सरुवा भएको छ ।