काठमाडौं–हेटौंडा जोड्ने छोटो बाटो १२ दिनका लागि बन्द

काठमाडौं–हेटौंडा जोड्ने छोटो बाटो १२ दिनका लागि बन्द

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • काठमाडौं–हेटौंडा जोड्ने छोटो बाटो १२ दिनका लागि बन्द

    काठमाडौं । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी सिस्नेरी दक्षिणकाली सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । दक्षिणकाली नगरपालिका काठमाडौँले सोमबार एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाएको हो ।

    दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य सुरु गर्ने सवारी आवागमनमा रोक लगाएको सूचनामा उल्लेख छ । सूचना अनुसार कालोपत्रे कार्य अगाडी बढाउनका लागि उक्त सडकमा सवारी चापका कारणले कठिनाइ भएकाले उक्त सडक खण्डमा गुड्ने सवारी साधनलाई असोज ८ गतेदेखि मिति १९ गतेसम्म (१२ दिन) रोक लगाइएको हो । 

    नगरपालिका सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।

    सो सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौँडा अन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।

    460462160_1069279594839811_8605989252545368260_n

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij