सुख्खा पहिरोमा एक जना महिला बेपत्ता

सुख्खा पहिरोमा एक जना महिला बेपत्ता

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • सुख्खा पहिरोमा एक जना महिला बेपत्ता

    काठमाडौं । गुल्मीमा सुख्खा पहिरोमा परेर गोरु चराउन गएकी महिला बेपत्ता भएका छन् ।

    जिल्लाको मालिका गाउँपालिका– २ सिम्ले निवासी ६९ वर्षकी टनी पुन बेपत्ता भएको प्रहरीले जनाएको छ । पुन जुल्सेस्थित मनकामना सामुदायिक वनमा गोरु चराउन गएकी थिइन् । 

    सामुदायिक वनको ६ सय मिटर माथिबाट ठूलो सुख्खा पहिरो आएको थियो । उनी सोही पहिरोमा पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

    प्रहरीले दुईवटा गोरु मृत अवस्थामा फेला पारेको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij