भारतबाट लागूऔषध तस्करी बढेपछि नेपाल–भारत सीमामा सुरक्षा कडाइ

भारतबाट लागूऔषध तस्करी बढेपछि नेपाल–भारत सीमामा सुरक्षा कडाइ

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • भारतबाट लागूऔषध तस्करी बढेपछि नेपाल–भारत सीमामा सुरक्षा कडाइ

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय बर्दियाले नेपाल भारत सीमा नाकामा सुरक्षा व्यवस्था थप कडाइ गरेको छ । भारतबाट अवैधरुपमा ओसारपसार हुने लागूऔषध नियन्त्रण गर्न स्थानीय प्रशासनले सुरक्षा जाच कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

    जिल्लाको गणेशपुर र फुटाहा नाकामा थप जनशक्ति परिचालन गरी लागूऔषध ओसारपसार रोक्न सुरक्षा निकायलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएकाे छ । बर्दियामा बढ्दो ब्राउन सुगर लगायतका लागूऔषध बढ्कोमा नियन्त्रणलाई प्रभावकारी बनाउन अभियान भदौबाट तीन महिने कार्ययोजना लागू गरिएको छ ।

    बर्दियासँग जोडिएको भारतीय सीमा नाका ८३ किलोमिटर लामो पर्दछ । सबैभन्दा बढी लागूऔषध ओसारपसार बढैयाताल गाउँपालिका, गुलरिया, बाँसगढी र मधुवन नगरपालिका पर्दछ । यसै नाकाबाट आर्थिक वर्ष ०७९⁄०८० मा ३ महिलासहित ९१ जना, आर्थिक वर्ष ०८०/०८१ मा ५ महिलासहित २ सय ७ जना र चालु आर्थिक वर्षमा २५ जना लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेको तथ्यांक प्रहरीले सार्वजनिक गरेकाे थियाे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij