अझै ३ साता डेङ्गुको जोखिम कायमै, दशैंमा भयावह हुन सक्ने आँकलन

अझै ३ साता डेङ्गुको जोखिम कायमै, दशैंमा भयावह हुन सक्ने आँकलन

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • अझै ३ साता डेङ्गुको जोखिम कायमै, दशैंमा भयावह हुन सक्ने आँकलन

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेङ्गुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ । 

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेङ्गुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ ।

    यही तरिकाले बढ्दै गएमा दशैंमा डेङ्गु भयावह हुन सक्ने विज्ञको आँकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ ।

    अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । हालसम्म डेङ्गी रोगको सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij