सुत्केरीको मृत्युपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त

सुत्केरीको मृत्युपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • सुत्केरीको मृत्युपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त

    काठमाडौं । सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको छ । वीरेन्द्रनगर नगरपालिका –६ बस्ने १८ वर्षीया शर्मिला सुनारको सुत्केरीपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तहरू आन्दोलित भएका हुन्।  

    शर्मिलालाई सुत्केरी व्यथा लागेपछि आइतबार प्रदेश अस्पतालमा पुगेकी थिइन्। आइतबार सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी उनको रक्तस्राव भएको र आइसियुमा राखेर उपचार गर्दै गर्दा गए राति मृत्यु भएको जनाइएको छ । 

    आफन्तहरूले भने सुत्केरी व्यथा लागेपछि सामान्य अवस्थामै अस्पतालमा भर्ना गरिए पनि चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृत्युपछि शर्मिलाका आफन्तहरू अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

    बिहानै देखि बाक्लो संख्यामा प्रदेश अस्पताल सुर्खेतमा सम्भावित घटना रोक्न प्रहरी परिचालन गरिएको छ।  अहिले अस्पताल प्रशासन र पीडितहरू छलफल गरेका छन्। आफन्तहरूले भने अस्पताल परिसरमा दोषी चिकित्सकलाई कारबाही गर्नु पर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij