ग्राहकलाई लुटपाट गरेको आरोपमा डान्सबार सञ्चालकसहित ३ जना पक्राउ

ग्राहकलाई लुटपाट गरेको आरोपमा डान्सबार सञ्चालकसहित ३ जना पक्राउ

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • ग्राहकलाई लुटपाट गरेको आरोपमा डान्सबार सञ्चालकसहित ३ जना पक्राउ

    काठमाडौं । डान्सबार सञ्चालककै योजनामा ग्राहकमाथि लुटपाट भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखालका ३२ वर्षीय शरद तामाङ, काभ्रेकै नमोबुद्धका २१ वर्षीय कृष्ण तामाङ र नमोबुद्धकै २६ वर्षीय अजय तामाङ रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

    पक्राउ परेका शरद काठमाडौंको माछापाखेरीमा रहेको फ्लोरिडा डान्सबारका सञ्चालक रहेको प्रहरीले जनाएको छ । यो समूहले डान्सबारमा आएका ग्राहकहरुसँग अनुचित रकम लिने, नदिए कुटपिट र लुटपाटसम्म गरेको भन्दै ४ असोजमा प्रहरीमा निवेदन परेको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij